मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलह अछाम पनि भित्रियो

सलह अछाम पनि भित्रियो


माधब तिमिल्सैना।

अछाम – जिल्लामा पहिलो पटक सलह किरा देखिएको छ। अछामको कमलबजार नगरपालीका वाड नं ५ कुईकामा आज ठुलो सङ्ख्यामा सलह किरा देखिएको हो ।

दैलेखको सिमाना हुदै शनिबार मध्यान्न १२ बजेतिरे कुईकाको भुलबाडा टोलमा सलह देखिएको हो । ठुलो सङ्ख्यामा आएको सलह किराले बालीनाली समेत नष्ट गर्न थालेको छ ।

किसानले लगाएका मकै लगायतका अन्य बालीनालीमा लाखौ बराबरको क्षति गरिसकेको स्थानिय कम्मानसिंह भुलले जानकारी दिनुभयो । सलहले बालीनालीमा क्षति गर्न थालेपछि खाद्य संकट आउन सक्ने भन्दै किसान चिन्तित भएका छन् ।

उक्त्त किरालाई अनेक तरिकाले भगाउन खोज्दा पनि नभागेको र अहिलेपनि सलहले बालीनालीमा व्यापक क्षति गरिरहेको स्थानिय भुलले जानकारी दिए ।