मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना रोकथाम, व्यवस्थापन र नियन्त्रणमा साँफेबगरको ८२ लाख खर्च

कोरोना रोकथाम, व्यवस्थापन र नियन्त्रणमा साँफेबगरको ८२ लाख खर्च


अछाम।

साँफेबगर नगरपालिकाले कोरोना भाईरस रोकथाम,व्यवस्थापन र नियन्त्रणमा २ लाख भन्दा बढी गरेको छ । विपद जोखिम व्यवस्थापन समितिको आर्थिक बर्ष २०७७ र७ को प्रथम बैठक साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले कोभिड १९ रोकथाम नियन्त्रणम र ब्यवस्थापनमा २ लाख ३७ हजार २ सय चार रुपैया खर्च भएको जानकारी दिए।

नगरको प्रकोप ब्यवस्थापन कोषमा रहेको १ करोड १९ लाख मध्ये ८२ लाख ३७ हजार खर्च भएको नगर प्रमुख कुवरले जानकारी दिएका हुन्। कोषमा नगरपालिको ९० लाख, प्रदेश सरकारबाट २ लाख र बिभिन्न सघ सस्थाबाट १ लाख ३० हजार रकम प्राप्त भएको नगर प्रमुख कुवरको भनाइ छ।

नगरपालिकाका ४२५ जनाको कोरोना बिमा समेत गरिएको उनले बताए। बैठकले नेपाल रेडक्रस सोसाईटीबाट कोभिड १९ पुर्ब तयारी प्रतिकार्य कार्यक्रम अन्र्तगत वास कार्यक्रममा भएका गतिबिधि अनुसार क्वरोन्टाइन सहयोग शिर्षक र समुदाय छनौट अन्र्तगत महेन्द्र माबी, सरस्वती आधारभुत बिधालय, जनकल्याण माबी, प्रभाधम्कोट माबी र वडा नम्बर ४ को भन्डारी गाउलाई छनौट गर्ने निर्णय गरेको छ ।

साँफेबगर नगरपालिकाका प्रमुख एवं बिपद जोखिम व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर कुवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा साफेबगर नगरपालिकाका उपप्रमुख बिर्मल देवि बुड्थापा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा, सशस्त्र प्रहरी बलका नेपाल ४९ गुल्मका प्रमुख देवेन्द्र बहादुर सिंह, स्वास्थ्य शाखाका प्रमुख पुष्प बहादुर बुढा, बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक विकास गौचन सहभागी थिए।

यस्तै अछाम उधोग वाणिज्य संघका कार्यबाहक अध्यक्ष महेन्द्र बहादुर कडायत, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य रत्न प्रसाद ढुंगाना, बृकेश बोगटी, धुर्ब शाही, नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक खेम प्रसाद भट्टराई, साँफेबगर नगरपालिकाका प्रबक्ता बालगिरी कुवरल,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुँवर लगायतको पनि सहभागिता रहेको थियो।