मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल सेटेम्बर १९ देखि गर्ने तयारी

आईपीएल सेटेम्बर १९ देखि गर्ने तयारी


(आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी भएको छ  । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको क्रिकेट लिग पुन: सञ्चालनमा आउन लागेको हो । 

यूएईमा हुने तय भएको प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु गर्ने तयारी रहेको  बीसीसीआईका अधिकारीलाई उदृत गर्दै दी टाइम्स अफ इन्डियाले लेखेकोछ ।   

आईपीएल सेटेम्बर १९ मा भएर नोभेम्बर आठमा फाईनल खेलाउने तयारी गरिएको हो । केही दिनमा हुने आईपीएलको गभर्निङ काउन्सिलको बैठकले यस मितिलाई पुष्टि गर्नेछ ।

आईपीएलको गभर्निङ काउन्सिलले आईपीएल युएईमा हुने निर्णय गरेको थियो । आईपीएलका फ्रेन्चाईज टिमलाई नयाँ मितिबारे जानकारी दिईएको छ ।