मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा ७० प्रतिशत बढी कोरोना संक्रमित डिस्चार्ज

नेपालमा ७० प्रतिशत बढी कोरोना संक्रमित डिस्चार्ज

सुदूर आज

फाईल फोटो

काठमाडौं– बिहीबारसम्म नेपालमा १२ हजार ८४० जना कोरोना भाइरसबाट मुक्त भएका छन्। यो कुल संक्रमितको ७०.३९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ बाट ७६० जना, प्रदेश २ बाट २ हजार ८४० जना, बागमतीबाट ४५८ जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुने अन्यमा गण्डकीबाट एक हजार ९५ जना, प्रदेश ५ बाट तीन हजार ८६८ जना, कर्णालीबाट एक हजार ५८३ जना तथा सुदूरपश्चिम प्रदेशबाट दुई हजार २३३ जना छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बिहीबार देशका विभिन्न अस्पतालका आइसोलेसनमा सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ रहेको छ।

प्रदेश १ मा १२४ जना, प्रदेश २ मा एक हजार ८९७ जना र बागमती प्रदेशमा ४२७ संक्रमित छन्।

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ३२४ जना, प्रदेश ५ मा ३४४ जना, कर्णालीमा ३०४ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ९३८ जना सक्रिय संक्रमित छन्। – नेपाल समय