मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि


सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३० जनामा कोरोना पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो।

दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत र सल्यानका ६ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ८१३ पुगेको छ।

प्रदेशमा अहिलेसम्म १ हजार ५५२ जना डिस्चार्ज भइसकेका छन्। आज (बिहीबार) मात्रै प्रदेशबाट ६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको हो।

सो प्रदेशमा कोरोनाबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको छ।