मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राखेप सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस

राखेप सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस

सुदूर आज

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदलाई सिफारिस गरेको छ। दरखास्त दिएका २७ जनामध्ये तीन जनाको नाम सिफारिस भएको मन्त्रालय स्रोतले जनाएको छ।

अञ्जु श्रेष्ठ, रमेशकुमार सिलवाल र लिलबहादुर थापा सदस्यसचिवका लागि सिफारिस भएका हुन्। सदस्यसचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको नेतृत्वमा तीन सदस्यीय टोली गठन भएको थियो। जसमा खेलकुद विज्ञ इन्दिरा निरौला र रिम रानाभाट सदस्य थिए।

असार १८ बाट लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ अनुसार गठन भएको समितिले एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान थियो। सोहीअनुरुप छनोट समितिले श्रेष्ठ, सिलवाल र थापाको नाम सिफारिस गरेको हो।

मन्त्रालयको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि राखेपको सदस्यसचिव नियुक्त गर्नेछ।