मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय क्रिकेट टोली अस्ट्रेलियामा दुईसाता क्वारेन्टिनमा बस्ने

भारतीय क्रिकेट टोली अस्ट्रेलियामा दुईसाता क्वारेन्टिनमा बस्ने


एजेन्सी । भारतीय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा त्यहाँ दुईसाता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । क्रिकेट अस्ट्रेलियाका कार्यकारी अधिकारी निक हक्लेले भारतीय टोलीले अस्ट्रेलियामा दुई साता क्वारेन्टिनमा बस्नु पर्ने बताएका छन् । 

तर, बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भनेसहमत नभएको बताइएको छ । अस्ट्रेलियामा यसवर्ष आयोजना हुने टी–ट्वान्टी विश्वकप आधिकारिक रुपमा स्थगित भएपछि हक्लेले सबै खेलाडी र सहयोगी स्टाफले क्वारेन्टिनको नियमको पालना गर्नु पर्ने बताएका हुन् । उनले क्वारेन्टिनसँग अभ्यासका लागि सर्वोत्तम सुविधा प्रदान गरिने समेत बताए । 

“दुई साता क्वारेन्टिन निकै परिभाषित छ । हामी यो सुनिश्चित गर्ने काम गरिरहेका छौँ कि क्वारेन्टिनको समयमा खेलाडीलाई सर्वोत्तम प्रशिक्षण सुविधा मिलोस् ।

जसमा खेलमा लागि तयारी हुन सहज होस्,” हक्लेले भने, “हामी स्पष्ट रूपमा स्वास्थ्य विशेषज्ञ र अधिकारीसँग मार्गदर्शन लिनेछौँ । खेलाडीलाई होटल वा मैदानको सुविधा वा मैदान नजिकै भएको होटलमा राख्ने प्रयास गर्नेछौँ । हामी जैविक सुरक्षित वातावरणलाई पूर्ण ध्यानमा राख्दै प्राथमिकतामा राख्नेछौँ ।”