मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठ जिल्ला कोरोना शून्य, ३ जिल्लामा ५०० बढी संक्रमित

आठ जिल्ला कोरोना शून्य, ३ जिल्लामा ५०० बढी संक्रमित


काठमाडौं- आइतबार मुलुकका विभिन्न ८ जिल्ला कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर र धनकुटामा कोराना भाइरस संक्रमितको संख्या शून्य देखिएको हो। यस्तै रसुवा, मनाङ र मुस्ताङ पनि कोरोना भाइरस मुक्त भएका छन्।

हुम्ला र जुम्ला पनि कोरोना शून्य भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार तीन जिल्ला रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा बढी संक्रमित रहेका छन्।

नेपालमा आइतबारसम्म १७ हजार ६५८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ११ हजार ६९५ जना उपचारपछि पर्किएका छन् भने ४० जनाकाे मृत्यु भएको छ।