मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा ठूलो समूहमा देखियो सलह (भिडियो सहित)

कर्णाली प्रदेशमा ठूलो समूहमा देखियो सलह (भिडियो सहित)


सुर्खेत । कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएको छ । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएको हो ।

बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत याम रानाले जानकारी दिए ।

वीरेन्द्रनगरको सुब्बाकुना हुँदै देखिएको सलह पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा पसेको छ । ठूलो संख्यामा सलह पसेपछि कृषकहरु थाल बजाउँदै, आगो बाल्दै खेतबारीमा पुगेका छन् ।

कृषि मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितले सलह ठूलो संख्यामा आएकाले थाली र ड्रम बजाएर सलह भगाउन कृषकलाई आग्रह गरेका छन् ।

ठूलो संख्यामा सलह देखिएकोले नियन्त्रण गर्न विषादी प्रयोग गर्नुपर्ने भए पनि यो उपयुक्त समय नभएको उनको भनाइ छ । अहिले मकै र धानको ब्याड हुने भएकाले सलह किराको जोखिम त्यसमा बढ्न सक्ने अनुमान गरिएको उनले बताए ।