मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्शनार्थीका लागि कहिले खुल्छ पशुपतिनाथ मन्दिर ?

दर्शनार्थीका लागि कहिले खुल्छ पशुपतिनाथ मन्दिर ?


काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएसँगै बन्द भएको पशुपतिनाथको मन्दिर अझै खुलेको छैन । मूल भट्टले गर्ने नित्य पूजा नियमित रुपमा भइरहे पनि सर्वसाधारणका लागि भने अझै पनि मन्दिर खुला गरिएको छैन । 

नियमित पूजाका लागि मन्दिर कहिले खुल्छ यकिन नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । “सरकारसँग यस विषयमा कुरा भइरहेको छ । सरकारको निर्णय कुरेर बसिरहेका छौं,” पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, “सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा गरेर बसेका छौं ।” 

भिडभाड हुने ठाउँ अन्तिममा मात्रै खुला गर्ने सरकारको निर्णय भएकाले मन्दिर कहिले खुल्छ यकिन नरहेको डा. ढकाल बताउँछन् । 

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा ब्रतालुको भीड लाग्ने गरेको थियो । तर यो पटक लकडाउनका कारण ब्रतालुले साउनमा पर्ने सोमबारमा पशुपतिनाथ गएर पूजा गर्न पाउँछन् कि पाउँदैनन् अन्योल नै छ । “पहिलो सोमबारसम्म त करिब यो सम्भावना छैन । त्यसपछि के हुन्छ, सरकारको निर्णय पर्खिरहेका छौं,” सदस्य सचिव ढकालले भने । 

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मन्दिर खुला गर्ने तयारी थाल्न कोषलाई निर्देशन दिएका थिए । स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर पूजा गर्ने व्यवस्थाको तयारी गर्न मन्त्री भट्टराईले निर्देशन दिएका थिए । 

कोरोना संक्रमणको जोखिमका कारण चैत १० गतेबाट पूजा गर्न प्रतिबन्द लगाइएको थियो । – बारह्खरी