मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलह भारतबाट बाँके तर्फ प्रवेश, सावधानी अपनाउन आग्रह

सलह भारतबाट बाँके तर्फ प्रवेश, सावधानी अपनाउन आग्रह


काठमाडौं । बिहीबार दिउँसो भारततर्फबाट बाँकेको नरैनापुर क्षेत्रबाट प्रवेश गरेको सलहको झुण्ड हिरमिनीया, नौवस्ता हुँदै छिन्चु पुगेको छ । 

प्लान्ट क्‍वारेन्टिन तथा विषादी व्यवस्था केन्द्रले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार दिउँसो एकबजे बाँकेको नरैनापुर हुँदै केही लाखको संख्यामा नेपाल भित्रिएको हो । केन्द्रका अनुसार छिन्चुबाट अघि बढेको सलह दशरथपुर हुँदै उत्तरगंगा पुगेको छ । 

यसैगरी अर्को एउटा झुण्ड कञ्‍चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेको जानकारी केन्द्रले दिएको छ ।  उक्त सलह सामान्यतया राति बास बस्‍ने र कम चलायमान भइ बास बसेको ठाउँमा मात्र नोक्सान गर्ने र बिहान सूर्योदय पश्चात् सक्रिय हुने भएकोले आवश्यक सावधानी र पूर्व तयारी गर्न सम्बन्धित सबैलाइ अनुरोध गरिएको छ । 

आइतबार सम्म हावाको बहाव पश्चिम उतरतर्फ रहने पूर्वानुमान भएकोले विशेष गरी पश्चिम तथा उत्तरतर्फ विशेष सावधानी अपनाउन केन्द्रले अनुरोध गरेको छ । 

केन्द्रले भनेको छ, “यसैगरी प्यूठानमा यसअघि नै प्रवेश गरेको सलहको झुण्ड अझै पनि अर्खा रजवारा तथा स्याउलीबाङ्गलगायतका क्षेत्रमा रहेको जानकारी प्राप्त भएको हुँदा आसपासका क्षेत्रमा समेत सजगता अपनाउन अनुरोध छ ।” – बारखरी