मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरको वाणीमा १५ शैय्याको अस्पताल सञ्चालनमा

कञ्चनपुरको वाणीमा १५ शैय्याको अस्पताल सञ्चालनमा


कञ्चनपुर – जिल्लाको कृष्णपुर नगरपालिका-२ मा निजी क्षेत्रबाट सञ्चालित अस्पताल पुन: सञ्चालनमा आएको छ । करिब ६० लाखको लगानीमा अत्याधुनिक सेवा सुविधासहित १५ शैय्याको वाणी हस्पिटल पुनस् सञ्चालनमा आएको हो ।

विगत ३ वर्ष देखी सञ्चालनमा आएको भएतापनि  केहि महिना प्राविधिक कारणले बन्द भएको वाणी हस्पिटल जेष्ठ २९ गतेबाट नयाँ टिमको साथ पुन: सञ्चालनमा आएको  हस्पिटलले जनाएको छ ।

बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख कर्ण बहादुर हमालले हस्पिटलकको औपचारिक उद्घाटन गर्दै सो क्षेत्रमा सानो रोग लागेपनि महेन्द्रनगर अथवा धनगढी धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै वाणी अस्पताल सञ्चालनमा ल्याइनु उपलब्धिमूलक भएको भन्दै सञ्चालकहरुप्रति धन्यवाद व्यक्त गरे । साथै उनले अस्पताल सञ्चालनमा आए संगै नगरवासीहरुलाई ठूलो टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।

यस्तै केहि दिन अघि मात्रै कृष्णपुर नगरपालिका–८ को शिबिरमा बस्ने एक जनाको नाकको नि:शुल्क अप्रेसन समेत गरेको अस्पतालले जनाएको छ । निजको परिवार सङ्ग पैसा नभएको र ऋण पनि कतै नपाएको भनि बिरामीकी श्रीमतीले अस्पताललाई आफ्नो समस्या राखेपछि अस्पतालले उनको सम्पूर्ण उपचार नि:शुल्क गरि अस्पताल बाट घर पठाएको वाणी अस्पतालका प्रबन्ध निर्देशक यज्ञ खड्काले बताए ।

यस्तै प्रमुख अतिथि कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण बहादुर हमाल, विशिष्ट अतिथि वडा नं १ का वडाध्यक्ष मोहन बस्नेत, वडा नं. २ का वडाध्यक्ष जयनारायण जोशी र वडा नं. ३ का वडाध्यक्ष सुन्दर चौधरी र उदय माध्यमिक विद्यालयका अध्यक्ष अर्जुन सिंह साउद सहितको उपस्थिति रहेको कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक यज्ञ खड्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन दीपक शाहीले गरेका थिए । – सेतीकाली न्यूज