मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतार विश्वकप २०२२ : यी रंगशालामा हुँदैछन् खेल

कतार विश्वकप २०२२ : यी रंगशालामा हुँदैछन् खेल


ऐजेन्सी – फिफा कतार विश्वकप २०२२ को रंगशाला र खेल तालिका सार्वजनिक भएको छ। कतारमा सन् २०२२ को नोभेम्बरमा हुने विश्वकमा ३२ टिमको सहभागिता रहने छ भने प्रतियोगिता अवधिभर ६४ खेल हुने छन्।

विश्वकपमा समूह चरणका ४८ खेल समावेश छन्। त्यस्तै, राउन्ड अफ १६ का आठ र तीन चरणमा आठ फाइनल खेल हुने छन्। समूह चरणका खेलहरु स्थानीय समय अनुसार दिउँसोको १ तथा ४ बजे, साँझको ७ र रातिको १० बजे हुनेछन्। त्यस्तै, नक आउट खेल भने साँझ ६ बजे र राति १० बजे हुनेछन्।

त्यस्तै, फाइनल खेल भने लुसाइल रंगशालामा १८ डिसेम्बरको साँझ ६ बजे हुनेछ। नेपालको समय कतारी समय भन्दा २ घण्टा ४५ मिनेटले छिटो छ। अहिले विश्वकपका लागि क्वालिफायरका खेलहरु चलिरहे तापनि कोरोनाको महामारीका कारण केही समयका लागि स्थगित भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आउँदो अगस्तबाट विश्वकप क्वालिफायरका खेलहरु अघि बढाइने भएको छ।

नेपालले गत चैतमा खेल्ने भनेको विश्वकप क्वालिफायरको खेल पनि कोरोनाका कारण असोजमा सारिएको छ। भलै नेपालको विश्वकप यात्रा कतारसम्म पुग्ने सकिने विश्वास गरिएको छैन। तर, नेपालकै समूहमा रहेको अस्ट्रेलिया विश्वकप खेल्ने दाबेदार टिम हो। विश्वकपको समयमा प्रयोग हुने रंगशाला यस्ता छन् :

१. अल बायत रंगशाला

कतारको अल खोर सहरमा अवस्थित अल बायत रंगशाला ६० हजार दर्शक क्षमताको छ। साथै यसमा ६ हजार कार, ३५० बस र हजार ट्याक्सीका लागी पार्किङ उपलब्ध गराइने छ। त्यस्तै हजार सिट मिडियालाई उपलब्ध गराइएको छ।

यो रंगशाला निर्माणका लागि २०१५ मा ‘सालिनी र सिमोलाई’लाई दिइएको छ। यही रंगशालामा सन् २०२२ नोभेम्बर २१ मा स्थानीय समय अनुसार दिउँसोको १ बजेबाट विश्वकप सुरु हुने छ।रंगशालामा सेमिफाइनल, क्वार्टरफाइनल, राउन्ड अफ १६ र समूह चरणका खेल हुने छन्।

२. अल जनौव रंगशला

अल बाक्राह सहरमा अवस्थित अल जनौव रंगशाला ४० हजार दर्शक क्षमताको छ। यसलाई बेलायती मूलका इराकी डिजाइन जहा हैदले डिजाइन गरेका हुन्। यो रंगशाला बकृय पोस्टमोर्डन र निओ फ्युट्यरिस्ट शैलीमा बनाइएको छ।

खलिफा अन्तर्राष्ट्रिय रंगशाला पुनर्निर्माण भएपछि यो रंगशालको उद्घाटन २०१९ मे १६ मा गरिएको थियो। यसको छानो डुंगाको ढोऊ शैलीमा बनाइएको छ। यो रंगशाला कतारी क्लब अल बाक्राहको घरेलु मैदानसमेत हो। यसको दर्शक क्षमता ४० हजार रहेको भए तापनि विश्वकपपछि भने दर्शक क्षमता आधा मात्र बनाइने छ। यो रंगशालामा राउन्ड अफ १६ सम्मका खेल हुने छन्।

३. अल रायन रंगशाला

अल रायन रंगशाला अहमद बिन अलि रंगशालाको नामले पनि चिनिन्छ। यसको दर्शक क्षमता २१ हजार २८२ छ। यसको उद्घाटन सन् २००३ भएको थियो भने फुटबलबाहेक अन्य गतिविधिका लागि पनि यो रंगशाला प्रयोग गरिन्छ।

विश्वकपमा यो रंगशालाको दर्शक क्षमता ४४ हजार ७४० बनाइने छ। ती सबै सिटमा सिधा घामका किरण पर्ने छैनन्। अहिले रंगशालाको पुनर्निर्माण भइरहेको छ। यो रंगशालामा पनि राउन्ड अफ १६ का खेल हुनेछन्।

४. अल ठूमामा रंगशाला

अल ठूमामा जिल्लामा रहेको रंगशालाको नाम अल ठूमामा रंगशाला हो, जुन अहिले निर्माण प्रक्रियामै छ। यसको डिजाइन इब्राहिम जैदहले गरेका थिए। यसको आकार परम्परागत तैक्यह (मुस्लिमले प्रयोग गर्ने टोपी)को जस्तो छ।

यो रंगशालाको क्षमता ४० हजारको बनाउने योजना छ। यसको निर्माण अल जबेर इन्जिनियरिङ टेक्फेनल गरिरहेका छन्। यसको ओपनिङ सन् २०२२ को कतार विश्वकपमा हुने छ। यो रंगशालामा समूह चरणबाट क्वार्टर फाइनल सम्मका खेल हुनेछन्।

५. एजुकेसन सिटी रंगशाला

एजुकेसन सिटी रंगशाला अल रायन सहरमा अवस्थित छ। जसको दर्शक क्षमता ४५ हजार ३५० छ। यो रंगशाला कतारका प्रख्यात विश्वविद्यायल र क्याम्पसको बीचमा छ।

यो रंगशालामा पछि विश्वविद्यालयका एथ्लेटिक टिमले प्रयोग गर्न सक्ने गरि २५ हजार थप सिटको व्यवस्था गरिएको छ। २० प्रतिशत भाग हरियो पदार्थले बनाइएको छ, जसका कारण यसलाई वातावरणीय रुपमा विश्वकै धेरै दिगो गरि बनाइएको रंगशालाको रुपमा लिइएको छ। यो रंगशालामा कतारका साथै बहराइनका दर्शक पनि सजिलै पुग्न सक्नेछन्। यो रंगशालामा पनि समूह चरणबाट क्वार्टर फाइनल सम्मका खेल हुने छन्।

६. खलिफा अन्तर्राष्ट्रिय रंगशाला

अल बाहेब स्ट्रिट, बायामा अवस्थित खलिफा रंगशालाको दर्शक क्षमता ४० हजार छ। यो कतारको राष्ट्रिय रंगशालाका रुपमा पनि चिनिन्छ। सन् २००४ मा पहिलो पटक पुनर्निर्माण गरिएको रंगशाला सन् २०१४–१७ मा दोस्रो पटक पुनर्निर्माण गरिएको थियो।

त्यसपछि २०१७ मे १९ मा पुनः उद्घाटन गरिएको थियो। सन् १९७६ बाट प्रयोगमा आएको रंगशाला त्यतिबेलाबाटै कतारको राष्ट्रिय फुटबल टोलीको मैदानका रुपमा प्रयोग गरिँदै आएको छ।

यो रंगशालामा एसियन गेम, दोहा डाइमन्ड लिग, पान अरब गेम्स, एथ्लेटिक्स च्याम्पियनसिप लगायत ठूला र ऐतिहासिक प्रतियोगिता समेत आयोजना गरिसकिएको छ। गत सालको फिफा क्लब विश्वकपको आयोजना पनि यही रंगशालामा गरिएको थियो। यो रंगशालामा विश्वकपको तेस्रो स्थानको लागि खेल खेलाइने छ। साथै राउन्ड अफ १६ सम्मका खेल पनि हुने छन्।

७. लुसाइल रंगशाला

लुसाइल रंगशालामा विश्वकपको ऐतिहासिक फाइनल खेल हुने छ। जसको दर्शक क्षमता ८० हजार छ भने यसको ओपनिङ विश्वकप २०२२ मा नै हुने बताइएको छ। कतारको लुसाइल सहरमा निर्माणाधीन अवस्थामै रहेको रंगशाला कुनै क्लबको अधीनमा छैन।

यो रंगशालाको डिजाइन ब्रिटिस फर्म फोस्टर र उसका पार्टनरले गरेका हुन्। जसको टेन्डर चिनियाँ रेलवे कन्सट्रक्सन कर्पोरसनले लिएको छ।यसको पार्किङ क्षेत्र पनि क्यानोपिक लगाएर सिधा घामको टक नपर्ने गरि बनाएको छ। ती क्यानोपिकमा सोलार पावर कलेक्टर पनि राखिएको छ, जसले रंगशालामा पावर प्रदान गर्ने छ। यहाँ सेमिफाइनल, क्वाटर फाइनल र राउन्ड अफ १६ र समूह चरणका खेलहरु हुने छन्।

८. रास अबु अबौड रंगशाला

रास अबु अबौडस्थित रंगशाला ४० हजार दर्शक क्षमताको छ। जसमा अर्को ठाउँमा पुनः प्रयोग गर्न सकिने सिट राखिएको छ। साथै यो रंगशाला पूरै सामान निकाल्न मिल्ने र पुनः निर्माण गर्न सकिने तरिकाले बनाइँदै छ।

यसका पार्टस्हरु पुनः खेल र अन्य गतिविधिका लागि प्रयोग गर्न सकिने छ। यो रंगशाला मोडुलर डिजाइनमा बनाइँदै छ। यो रंगशालामा समूह चरण र राउन्ड अफ १६ का खेल हुनेछन्।