मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘हिट्ट छु तेलेका लेक’ का साथमा आइन अछामी रेखा (भिडियो सहित)

‘हिट्ट छु तेलेका लेक’ का साथमा आइन अछामी रेखा (भिडियो सहित)


अछाम – सुदुर तथा मध्यपश्चिमको मौलिक संस्कृति झल्किने देउडाले पछिल्लो समयमा बजार पाएको छ। आधुनिकता संगै शब्द संगीत देखि आवाज़मा समेत फरकपन हुँदा देउडाले स्थान पाएको हो।

धार्मिक सम्पदा, पर्यटकीय स्थान र सँस्कृतिमा टेवा पुग्ने गरि बजारमा देउडा गित आइरहेका छन्। सुदूरपश्चिमका कलाकारले यसमा बढी जोड दिएका छन्। यस्तै नृत्य कलाकारिता, रेडियोकर्मी हुदै हास्यव्यंग्य मार्फत उदाएका अछामी कलाकार भिम बिष्ट (अछामी रेखा) ले देउडा गित देखि अन्य गित हरुमा समेत आफ्नो अभिनय संगै निर्देशन गर्दै आएका छन्।

उनले लकडाउनको सदुपयोग गर्दै “हिट्ट छु तेलेका लेक” देउडा गित सार्वजनिक गरेका छन ।रमेश नागरी तथा रितु थापाको स्वरमा सजिएको उक्त गित पदम जान बोहराको लय रहेको छ।

भोज भुलको शब्द तथा बिजय थापाको एरेन्जमा सुदुरपश्चिमको कला , सँस्कृतिलाइ जगेर्ना गर्न चर्चित कलाकार तथा निर्देशक भिम बिष्ट “अछामि रेखा” को निर्देशनमा रहेको छ।

निर्देशक भिम बिष्ट आफैले अभिनय गरेको गीतमा भुपि उपाध्यायले साथ दिएका छन्। प्रकाश नागरिले खिचेको भिडियो रबि आउजिले सम्पादन गरेका हुन । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियो मार्फत बजारमा आएको उक्त गित कृष्ण बाजुरेलिले मिक्सिङ्ग गरेका छन् ।