मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनौतीपूर्ण फोटो पत्रकारीताका बिच महासंघको भुमिका सर्हानिय छ : तिमिल्सैना

चुनौतीपूर्ण फोटो पत्रकारीताका बिच महासंघको भुमिका सर्हानिय छ : तिमिल्सैना

'तिमिल्सैनाद्धारा १८ बर्ष अघि जिल्लामै पहिलो पटक डिजिटल क्यामेरा प्रयोग गरेको अनुभव स्मरण'

सुदूर आज

तिमिल्सैनाद्धारा १८ बर्ष अघि जिल्लामै पहिलो पटक डिजिटल क्यामेरा प्रयोग गरेको अनुभव स्मरण’

पवित्रा खड्का, अछाम ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले डिजिटल फोटो पत्रकारिताको सुरुवात अछाममा पहिलो पटक आफुले सुरु गरेको स्मरण गरेका छन् । जिल्लामा पत्रकारीताको विकास सुरु हुने क्रममै आफुले डिजिटल क्यामेरा प्रयोगमा ल्याई यसको सुरुवात गरेको स्मरण गरेका हुन् ।

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामको आयोजनामा शनिबार आयोजित अनलाईन फोटो प्रतियोगिता २०७७ बिजेता घोषणा तथा प्रेस ज्याकेट बितरण कार्यक्रममा प्रमखु अथितिको आसनबाट बोल्दै तिमिल्सैनाले नेपाल फोटो पत्रकार महासंघ अछामले जिल्लामा सक्रियता प्रति खुशी व्यक्त गर्दै फोटो पत्रकारिता बिषय अत्यन्तै बृहत भएको भन्दै उनले यसका माध्यमबाट जिल्लाको पहिचान बिश्व सामु पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह हुने बिश्वास व्यक्त गरे ।

आज भन्दा १८ बर्ष अघि आफु ठुलासैनमा पुगेर फोटो खिचेको स्मरण गर्दै तिमिल्सैनाले जिल्लामा पत्रकारीताको सुरुवाती चरणका बारेमा समेत कार्यक्रममा जानकारी गराएका थिए । द्धन्द्धका बिचमा दुई पक्षका बन्दुकको निसानाका बिच पनि आफुले सक्रिय भएर जिल्लामा काम गरेको उनको भनाई थियो । जिल्लामा चुनौतीका बाबजुत पनि जिल्लाका संचारकर्मीले अछामको मौलिकता झल्कीने बिशेष गरी फोटो आफै बोल्ने खालको पत्रकारितमा लाग्न जोड दिएका छन् ।

कार्यक्रममा बिशिष्ट अथिति नेपाल कम्प्युटर एसोशिएन महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगानाले फोटो पत्रकार महासंघले सुचना प्रविधिको प्रयोग गर्दै आधुनिक काम गर्दै जानुपर्नेमा जोड दिए । कार्यक्रममा खेमाज मल्टी बिजनेशको तर्फबाट प्रयायोजकको भुमिका समेत निवार्ह गरेका केन्द्रिय सदस्य ढुंगानाले कार्यक्रम गर्न महासंघलाई सुझाएको र यसमा आफु पनि जोडिन पाउदा खुशी लागेको भन्दै आगामी दिनमा पनि सहकार्य जारी रहने उल्लेख गरे ।

कार्यक्रममा अर्का बिशिष्ट अथिति मंगलसेन नगरपालिकाका वडा नं. ६ का वडाध्यक्ष जनकराज भण्डारीले कोरोना भाईरसका कारण देश नै लकडाउनको बेला देश पनि फोटो पत्रकार महासंघ अछामले उदाहरणिय काम गरेको भन्दै जिल्लामा अन्य संघ संगठन पनि फोटो पत्रकार महासंघ जस्तै सक्रिय भएर लाग्नुपर्ने सुझाब दिए ।

नेपाल प्रेस संगठन अछाममा सहसंयोजक कृष्ण बुढाले जिल्लामा अन्य संघ संगठन निष्कृय जस्तै रहेका बेला फोटो पत्रकार महासंघ अछाम शाखाले उदाहरणिय काम गरेकोमा प्रशंसा व्यक्त गरे । यस्तै नेपाल प्रेस युनियन अछाम शाखाका पूर्व अध्यक्ष एवंम जिपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाले जिल्लामा पहिलो पटक नौलो कार्यक्रमको सुरुवात भएकोमा महासंघको प्रशंसा गरेका छन् । यस्ता कार्यक्रमहरुको सिको अरु संघ संगठले पनि गर्नुपर्ने भन्दै ढुंगानाले कार्यक्रम सफल पार्न सहयोग गर्ने खेमाज मल्टी बिजनेशलाई समेत धन्यवाद दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष गिता कुवँर, प्रेस यूनियनका उपाध्यक्ष लोकराज ढकाल, रेडियो रामारोशनका स्टेशन म्यानेजर चन्द्र थापाले मन्तव्य राख्दै फोटो पत्रकार महासंघ अछामले सक्रियताका साथ सकरात्मक सुरुवात गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न आग्रह गरेका थिए ।

पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्री, प्रेस संगठनक केन्द्रिय सदस्य राजेन्द्र कुवँर लगायत जिल्ला स्थित बिभिन्न संचारमाध्यमका संचारकर्मीको सहभागिता रहेको कार्यक्रममा महासंघका उपाध्यक्ष अमर धामीले स्वागत गर्नुभएको थियो ।

शाखा अध्यक्ष धिरज कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा प्रायोजक गरी सहयोग गर्ने खेमाज मल्टी बिजेनस अछामका प्रमुख खेमराज ढुंगानालाई कार्यक्रमका प्रमुख अथितिबाट सम्मान पत्र प्रदान गर्दै दोसल्लाले बिशेष सम्मान गरिएको थियो ।

अनलाईन फोटो प्रतियोगिताको म्याद थप

अनलाईन फोटो प्रतियोगिताको नतिजा प्रकाशन शनिबार गर्ने भनि कार्यक्रम गरिएकोमा मुल्यांकन समितको निर्णायक अभिमतद्धारा फोटो प्रतियोगितामा सहभागीहरुबाट नियमहरुको पालना नभएको, फोटोमा अन्य सफ्ट्वयर प्रयोग भएको भन्दै हाललाई स्थितगित गरी म्याद थप गर्ने निर्णय भएको छ । मुल्याकंन समितिको सुझाबका आधारमा शाखाको तत्काल बैठक बसी पुन प्रतियोगिताको लागि म्याद थप गरिने अध्यक्ष धिरज कुवँरले बताए ।