मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिए

विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिए


काठमाडौं । विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिएका छन् । शुक्रबार एकै दिन विश्वभरमा २ लाख २८ हजार १०२ कोरोना संक्रमित थपिएका हुन् । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार एकै दिन कोरोना संक्रमित यति धेरै भेटिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । 

यसअघि जुलाई ४ मा सबैभन्दा धेरै २ लाख ११ हजार ४२८ संक्रमित थपिएका डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा एक करोड २१ लाख २ हजार ३२८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ ।