मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाको मृत्युदर २.७२ प्रतिशत, ६२.४२ प्रतिशत संक्रमणमुक्त

भारतमा कोरोनाको मृत्युदर २.७२ प्रतिशत, ६२.४२ प्रतिशत संक्रमणमुक्त


भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ६२.४२ प्रतिशत उपचारपछि निको भई घर फर्किएका छन् भने मृत्युदर २.७२ प्रतिशत छ। १८ वटा राज्यमा संक्रमित निको हुनेको दर राष्ट्रिय दरभन्दा बढी रहेको बताइएको छ। ३० वटा राज्यमा भने कम छ।

भारतभर १ हजार २१८ वटा कोभिड–१९ विशेष अस्पताल, २ हजार ७०५ वटा कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३०१ वटा सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा विगत २४ घण्टामा २ लाख ८३ हजार ६५९ नमुनाको परीक्षण भएको छ। अहिलेसम्म त्यहाँ १ करोड १० लाख २४ हजारभन्दा बढीको कोभिड–१९ परीक्षण भएको छ।

भारतमा शुक्रबार साँझसम्म कोभिड–१९ बाट संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ९८ हजार १६१ छ भने मृत्यु हुनेको संख्या २१ ह्जार ६५६ छ।

त्यस्तै निको भई घर फर्किनेको संख्या ४ लाख ९७ हजार ६९० छ। त्यहाँ अझै २ लाख ७८ हजार ८०० एक्टिभ केस छन्। – नेपाल समय