मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली सरकारले सत्तामा बसिरहने नैतिकता गुमायो : कांग्रेस कोरोना अनुगमन समिति

ओली सरकारले सत्तामा बसिरहने नैतिकता गुमायो : कांग्रेस कोरोना अनुगमन समिति


काठमाडौं – केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेर सत्तामा बसिरहने नैतिकता गुमाएको निष्कर्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कोरोना अनुगमन समितिले निकालेको छ ।

पार्टीका सहमहामन्त्री संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरु एनपी साउन, चन्द्र भण्डारी, मोहन बस्नेत, गगन थापा, गुरु राज भण्डारी, डीना उपाध्याय, जीवन परियार, सांसद दिव्यराज भण्डारी, पार्टीका युवा नेता एवम् नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर, योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकी, पोषराज पाण्ड लगायत विभिन्न क्षेत्रका विज्ञहरु सम्मिलित समितिले ओली सरकारका जनविरोधी गतिविधीविरुद्ध संघर्षका कार्यक्रम सुरु गर्ने र सरकारको असक्षमताको भण्डारफोर गर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसको कोरोना अनुगमन समितिले पछिल्लो समय वर्ग, समुदाय, संघसंस्था र समुदायसँग प्रत्यक्ष अन्तरक्रिया र संवाद गर्न थालेको हो । कोरोना महामारीका कारण नेपालमा परेको प्रभाव र उपयुक्त समधानको निष्कर्ष निकालेर पार्टी र सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गरिने र सरकारलाई आवश्यक दबाब दिईने समितिका सदस्य नैनसिंह महरले अनलाइन मार्गलाई बताए ।