मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुख ढलेर घाइते महिलाको उपचारमा समस्या

रुख ढलेर घाइते महिलाको उपचारमा समस्या

सुदूर आज

अछाम ।
अछाममा रुख ढलेर शरिरमा खस्दा गम्भीर घाइते भएकी महिलाको उपचारमा समस्या भएको छ। रुख ढलेर गम्भीर घाईते भएकी लंका बिकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ४ बस्ने नृप बिककी ३५ बषिया श्रीमति लंका बिक घर नजिकै रहेको बारीमा कोदो गोड्ने क्रममा बारीमा रहेको सुकेको सिर्सेको रुख ढलेर शरिरमा खस्दा गम्भीर घाइते भएकी थिइन्। ग्त असार २३ गते दिउसो ४ बजे उनी गम्भीर घाइते भएकी उनको परिवार स्रोतले जनाएको छ।

गम्भीर घाइते भएकी उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको थियो। उनको टाउको, हात र करङ्गमा गम्भिर चोट लागेका कारण उनको उपचार यता सम्भव नभएपछि अस्पतालले उनलाइ सोही दिन बयलपाटा अस्पताल अथवा अन्य सुविधा सम्पन्न अस्पतालमा लैजान भनेको थियो। परिवारले उनलाई उपचारका लागि बयलपाटा अस्पताल पुर्याय पनि अस्पतालमा २ दिन राखेर सामान्य उपचार पछि अस्पतालले उनलाई नेपालगंज रेफर गरे पनि आर्थिक अभावका कारण परिवारले उनलाई बिहिवार घरमा ल्याएर राखेको उनका श्रीमानले बताउनु भयो।

अहिले उनलाई घरमै राखिको छ। घटना भएको शुक्रबार ४ दिन भइसकेको छ । घाइते बिकको परिवारले सहयोगको लागि अपिल समेत गरेका छन्। सहयोगी मनहरुले सहयोग गर्न सकिनेछ।