मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसी अछाम आईपुगे, २ दिन बयालपाटा अस्पतालमा बस्ने

डा. केसी अछाम आईपुगे, २ दिन बयालपाटा अस्पतालमा बस्ने


फाईल फोटो

पूर्ण बहादुर खड्का, अछाम ।

डाक्टर गोबिन्द केसी अछाम आईपुगेका छन् । सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा पुगेर सेवा दिईरहेका डा. केसी बाजुरा पछि अछाम आईपुगेका हुन् । शुक्रबार साँझ अछाम पुगेका डाक्टर केसी २ दिन बयालपाटा अस्पतालमा रहने अस्पतालले जनाएको छ ।

अस्पतालमा रहँदा डाक्टर केसीको अनुभब र हार्डजोर्नी सम्बन्धी केही सिकाईका लागि उहाँलाई आग्रह गरिने अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दीप पाठकले बताए । दुर्गममा हार्डजोर्नी (ट्रमा) को सेवालाई कसरी सहज र गुणस्तरिय बनाउन सकिन्छ भन्ने बिषयमा पनि डाक्टर केसी संग सुझाब सल्लाह गरिने बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

अछाम पछि डाक्टर केसी मंगलसेन हुदैँ कालिकोट जाने कार्यक्रम रहेको बताईएको छ । निशुल्क स्वास्थ्य सेवा दिनका सुदूरपश्चिम पुगेका डा. गोबिन्द केसी केहि दिन पहिले औषधि सहित बाजुरा जिल्लाको कोल्टि र हुम्लाको मैला पुगेका थिए ।

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा डडेल्धुरा बाट बाजुरा हुदैँ अछाम पुगेका हुन् । डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए ।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अनियमितताको विरोध तथा दुर्गममा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेका थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।