मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान


काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ।

अघिल्लो साता राष्ट्रिय खेलकुद विकास ऐन लागू भएपछि राखेपको सदस्य सचिव लगायतका पदाधिकारी भएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘राखेपको सदस्य सचिव नियुक्तिका लागि ऐनको दफा १७ को उपदफा २ बमोजिम योग्यता पुगेका उम्मेदवारबाट सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र मन्त्रालयमा निवेदनसहित संक्षिप्त कार्ययोजना पेस गर्न यो सूचना प्रकाशन गरिएको छ।’

सदस्य सचिवको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्नेछ। यस्तै उमेर तीस वर्ष उमेर पूरा भएको हुनुपर्ने सूचनामा जनाइएको छ।

अहिले मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालले कार्यवाहक सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेका छन्। – नेपाल समय