मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११८ कोरोना संक्रमित थपिए,

११८ कोरोना संक्रमित थपिए,


काठमाडौं । नोभेल कोरोना भाइरसका ११८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका ६ जिल्ला संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी ६जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । 

हालसम्म नेपालमा दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ। हालसम्म देशभरका क्वरेन्टिनमा २३  हजार ९१० जना रहेका छन्  भने  हजार ८ हजार ६०३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । 

दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । 

सार्क सदस्य राष्ट्रसँग नेपाललाई तुलना गर्दा नेपाल पीसीआर परीक्षणमा अफगानस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ । प्रत्येक १० लाखमा हुने मृत्युदरका आधारमा पनि नेपाल बंगलादेश, भारत, माल्दिभ्स,  अफगानिस्तान र पाकिस्तानभन्दा कम रहेको छ ।- बाह्रखरी