मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा पहिरो खस्दा जीप पुरियो

डोटीमा पहिरो खस्दा जीप पुरियो


धनगढी : डोटीमा पहिरो खस्दा जीप पुरिएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्वर ५ मा पहिरो खस्दा से १ च २१२५ नम्वरको जीप पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

गएराति डोटी राजपुरको प्रशंसा तरकारी पसलको जीप माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए।

चालकमात्र सवार रहेको र पहिरो खसेको थाहा पाएपछि चालक बाहिर निस्केका थिए। सामान्य घाईते भएका उनको सुजङ अस्पतालमा उपचार भईरहेको छ भने जीप निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ। – दिनेश खबर