मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो, १७८ जना निको भए

अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो, १७८ जना निको भए


अछाम – जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ । बिहिबार मंगलसेन नगरपालिकामा १ जना, साँफेबगर नगरपालिकामा २ जना र चौरपाटि गाँउपालिकामा १ जना गरी ४ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । साँफेबगर नगरपालिकामा आज २ जनालाई कोरोना पुृष्टि भएको छ । साँफेबगर नगरपालिकाका ३६ र ३० बर्षका महिलामा कोरोना पुष्टि भएको हो ।

यो संगै साँफेबगरमा कोरोना संक्रमितको सख्या १ सय ५२ पुगेको छ । यस्तै मंगलसेन नगरपालिका वडा नम्बर १४ का ७५ बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै मंगलसेनमा संक्रमितको सख्या ६९ पुगेको छ । यस्तै चौरपाटी गाउँपालिकाका २३ बर्षका महिलामा कोरोना पुष्टि भएको हो । त्यहाँ संक्रमितको सख्या ५१ जना पुगेको छ ।

हालसम्म मेल्लेखमा कोरोना संक्रमितको सख्या १ सय १, रामारोशन गाउँपालिकामा १ सय ४ जना, वान्नीगढी जयगढ गाउँपालिकामा ३४ जना, ढकारी गाउँपालिकामा २८ जना, पन्चदेवल विनायक नगरपालिकामा २० जना, कमलवजार नगरपालिकामा २५ जना र तुर्माखाँद गाउँपालिकामा २३ जनालाई कोरोना पुष्टि भएको छ ।

कोरोना निको हुनेको सख्या १७८ पुगेको छ । आज साँफेबगरका थप २० जनालाई कोरोना निको भएसगै निको हुनेको सख्या १७८ पुगेको हो ।सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा सबैभन्दा बढी बाजुरामा ६ सय १५, अछामका ६०७, डोटीका ५७७, कञ्चनपुरका ४४३ जना, डडेल्धुराका २८०, बैतडीका २७४, बझाङ १६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।