मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको प्रतिरक्षाका लागि जनता स्वःस्फूर्त सडकमा आएका हुन् : ओली

प्रधानमन्त्रीको प्रतिरक्षाका लागि जनता स्वःस्फूर्त सडकमा आएका हुन् : ओली

सुदूर आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउका लागि नागरिक स्वःस्फूर्त सडकमा आएको बताएका छन् । बुधबार बालुवाटारमा दुई अध्यक्षबीचको भेटवार्तामा पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सडकको प्रदर्शन रोक्न भनेका थिए । 

प्रचण्डले पार्टी महासचिवल विष्णु पौडेल समेतलाई निर्देशन दिएका थिए । तर, तीन बजेको प्रदर्शन नरोकिएपछि साँझ भएको भेटवार्तामा प्रचण्डले सडकको प्रदर्शनले राम्रो सन्देश नजाने भन्दै यसो नगर्न सुझाएका थिए । जवाफमा ओलीले आफूले सडकमा उत्रन निर्देशन नदिएको र स्वःस्फूर्त प्रदर्शन भएको बताएको बालुवाटार निकट स्रोतले जानकारी दिए ।

“मैले कसैलाई सडकमा उत्रन भनेको छैन । प्रधानमन्त्री हटाउन खोजेपछि नागरिकहरू सडकमा सरकारको बचाउका लागि आउनु स्वाभाविकै हो । यसलाई स्वःस्फूर्त आन्दोलनका रूपमा बुझ्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

ओलीलाई सरकारबाट हटाउन खोजिएको भन्दै पार्टीका जनसङ्गठनका नेता कार्यकर्ताले सडकमा प्रदर्शन गरेका थिए । अनेरास्ववियू र राष्ट्रिय युवा सङ्गठनका नेता कार्यकर्ताले सडक प्रदर्शनको तयारी गरेपछि पार्टीका नेताहरूले रोक्ने दबाब दिएका थिए । पार्टीभित्र संवाद, सहमतिको प्रयास भइरहेका बेला सडक प्रदर्शनले राम्रो सन्देश नजाने नेताहरूको भनाइ थियो । – बारह्खरी