मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, बयालपाटामा आकस्मिक बाहेकका सेवा बन्द

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, बयालपाटामा आकस्मिक बाहेकका सेवा बन्द

सुदूर आज

अछाम ।

बयालपाटा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु अर्को सुचना जारी नभएसम्मका लागि बन्द गरेको हो ।

केहि दिन पहिले गरिएको पिसिआर परिक्षणका क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोेरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले एक सुचना जारी गर्दै असार २५ गते देखि लागु हुने गरि अर्को सुचना नआउञ्जेल सम्म आकस्मिक बाहेकका सेवा हाललाई बन्द गर्ने निर्णय गरेको हो । अछाममा ६ सय ३ जनमा कोरोना भाईरसको संक्रमण यसअघि नै पुष्टी भईसकेको छ ।

अछाममा ९२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने बाँकीमा सामान्य लक्षण भएकोले अधिकांशकाे सम्बन्धित स्थानीय तहको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । कोरोना सङ्क्रमण हुनेमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका बताइएको छ ।

उपचारका क्रममा मृत्यु भएका रामारोशन गाउँपालिकाका एक जनामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दशवटै स्थानीय तहमा एक हजार १६३ जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।