मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका १७ सहित सुदूरपश्चिममा ६९ जना कोरोना संक्रमित थपिए

अछामका १७ सहित सुदूरपश्चिममा ६९ जना कोरोना संक्रमित थपिए


अछाम – सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौँ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका ८, कञ्चनपुरका ७, बझाङका चार, बैतडी २ र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै दुई जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यता धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार एक महिला र ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

डोटीको बोगटानका एक जना, आदर्शका दुई जना, दिपायलका एकजना महिला, कञ्चनपुरको बेलौरीका दुईजना र पुनर्वासका ३ जनामा कोरोना पुष्टि भएको अस्पतालको सुचना अधिकारी दिलिप कुमार श्रोष्ठले जानकारी दिए ।

उनले पछिल्लो २४ घण्टामा २०७ जनाको नमुना परिक्षण गरिएको बताए । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगेको छ।