मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन दिनका लागि बैतडी झुलाघाट नाका खुल्दै

तीन दिनका लागि बैतडी झुलाघाट नाका खुल्दै


बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनसम्म खुल्ने भएको छ । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खोल्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । 

सीमा नाकामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार बिहान ९ बजेदेखि सीमा नाका खुल्ला गरिएको हो । भारतमा पेन्सन बुझ्ने दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने जनाइएको छ । त्यसका लागि ज्येष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ । 

यस्तै सीमा नाकाबाट फर्कने नागरिकलाई समान्य परीक्षण गरेर स्वदेश फर्काइनेछ । सीमा नाकामा करिब २ सय जति नागरिक रहेको अनुमान गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमतिमा नाका खुल्न लागेको हो ।- उज्यालो