मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा मनसुन थप सक्रिय

सुदूरपश्चिममा मनसुन थप सक्रिय


अछाम – सुदूरपश्चिममा मनसुन थप सक्रिय हुन थालेको छ। मनसुन थप सक्रिय भएपछि भोलीदेखि प्रदेशका अधिकांश भूभागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज पनि देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रदेश पाँच, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति देशका अधिकांश भूभागमा सामान्य बदली भइ प्रदेश पाँच, गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र १ का धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ। 

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। शुक्रबार पनि मेघ जर्गनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। – दिनेश खबर