मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल दुर्घ’टनामा नृत्य निर्देशक गोरनको नि’धन

मोटरसाइकल दुर्घ’टनामा नृत्य निर्देशक गोरनको नि’धन


दाङ । राष्ट्रिय नाचघर जमलमा कार्यरत दाङ लमही नगरपालिका ६ का कलाकार (नृत्य निर्देशक) गोरन चौधरीको नि’धन भएको छ । उनी शुक्रबार राति काठमाडौंको चपलीमा मोटरसाइकल दुर्घ’टना हुँदा स’ख्त घा’इते भएका थिए ।

कलाकार गोरनसँगै मोटरसाइकलमा सवार रामेछापका तिलक सुनुवारको पनि दुर्घ’टनामा नि’धन भएको छ । दुर्घ’टनामा स’ख्त घा’इते गोरनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

उनको उपचारकै क्रममा आज (मंगलबार) बिहान नि’धन भएको कलाकार विपिन घिमिरेले जानकारी दिए । पछिल्लो समय गोरन म्युजिक भिडियोमा व्यस्त कलाकारका रुपमा चिनिन्थे ।

उनले वीरेन्द्र हमाल, प्रभाकर देव शर्माद्वारा निर्देशन गरेको एक चिहानलगायत थुप्रै नाटकमा अभिनय गरेका छन् ।

४५ वर्षीय गोरन गीत-संगीत क्षेत्रमा धेरै मिहिनेति रहेको भन्दै दाङकै गायक तथा संगीतकार यादव योगीले स्मरण गरे ।