मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १५ हजार ९६४ संक्रमित, ११ जिल्लामा ५ सयभन्दा बढी संक्रमित

देशभर १५ हजार ९६४ संक्रमित, ११ जिल्लामा ५ सयभन्दा बढी संक्रमित


काठमाडौं – सोमबार साँझसम्म देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। गत २४ घण्टामा १ सय ८० थपिएसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको हो। 

२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २८ पुगेको छ। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रौतहटमा १ हजार ४ सय २९ जना संक्रमित भेटिएको छ। 

कैलालीमा ८६४, दैलेखमा ८०४, कपिलवस्तुमा ७५५, महोत्तरीमा ७४६, सर्लाहीमा ६८७, दाङमा ६२८, अछाममा ५८७, डोटीमा ५५६, बाजुरामा ५५९, पाल्पामा ५४२, धनुषामा ४८२, कञ्चनपुरमा ४२९ लगायत छन्। 

देशभर १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३१ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ। -स्वास्थ्य खबर