मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोकनामा स्थानीय र प्रहरीबीच झडप हुँदा तीन प्रहरी घाइते

खोकनामा स्थानीय र प्रहरीबीच झडप हुँदा तीन प्रहरी घाइते


काठमाडौं- ललितपुरको खोकनामा शनिबार स्थानीय र प्रहरीबीच झडप भएको छ। खोकना क्षेत्रको जमिन मास्न नहुने भन्दै स्थानीयले खेतमा धान रोप्न थालेपछि प्रहरीले अवरोध गर्दा दोहोरो झडप भएको हो।

खाेकना सरकारले तीन वटा परियोजना निर्माणका लागि प्रस्ताव गरेको ठाउँ हाे। विकासका नाममा उर्वर भूमि विनाश गर्न नहुने, खोकनाको सभ्यता जोगाउनुपर्ने लगायतका माग गर्दै स्थानीय विरोधमा उत्रिएका छन्।

आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले खेत रोप्न थालेपछि प्रहरीले अवरोध गरेको थियो। प्रहरीले लाठीचार्ज गर्दा स्थानीयले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।

स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी निरीक्षक किसन बस्नेतसहित तीनजना प्रहरी घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए।

स्थानीयको ढुंगा प्रहारपछि प्रहरीले २० सेल अश्रुग्यास प्रहार गरेको थियो। स्थानीयले खोत खनजोत गर्न थालेपछि सो क्षेत्रमा शनिबार बिहानैदेखि सशस्त्र प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो।

बाहिरी चक्रपथ, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारण लाइनका लागि प्रस्तावित खोकनामा शनिबार दोहोरो झडप भएको हो।