मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम अबिरलको ‘तमि बाहेक’ बोलको गित सार्वजनिक (भिडियो सहित)

राम अबिरलको ‘तमि बाहेक’ बोलको गित सार्वजनिक (भिडियो सहित)

टंक तिमिल्सैना भन्दै आए तमि बाहेक जिन्दगीमा कोइ छैन मेरो..


टंक तिमिल्सैना भन्दै आए ‘तमि बाहेक’ जिन्दगीमा कोइ छैन मेरो..

अछाम ।

साहित्यकर्मी राम अबिरल बिष्टले नयाँ आधुनिक गित सार्वजनिक गरेका छन् । ६/७ बर्ष देखि साहित्य क्षेत्रमा क्रियाशिल बिष्टको शब्दमा ‘तमि बाहेक’ भन्ने बोलको गित भरर्खरै सार्वजनिक भएको हो ।

गितमा चर्चित गायक टंक तिमिल्सैना र प्रविशा अधिकारीको स्वर रहेको छ भने गायक तिमिल्सैनाले नै गित एरेञ्ज र कम्पोज गरेका छन् ।

साहित्यका विभिन्न बिधामा कलम चलाउने बिष्टले पछिल्लो ३ बर्ष यता गित संगितको क्षेत्रमा पनि आफ्नो सक्रियता बढाएका छन् । उनले हाल सम्म विभिन्न बिधाका १० भन्दा बढी गितहरुमा शब्द भर्ने काम गरेका छन् ।

सानै उमेर देखि साहित्यमा बिभिन्न बिधामा अब्बल मानिएका अबिरलले गजलमा बढी दख्खल राख्ने गरेका छन् । आधुनिक साहित्य क्षेत्रमा अछामको लागि महत्वपूर्ण योग्दान दिएका रामले जिल्लालाई साहित्य मार्फत सबै सामु चिनाउने प्रयासरतमा छन् ।

कलाकारिता क्षेत्रको महत्वपूर्ण पाटो गित संगितका लागि गहकिला शब्द भर्ने काम गर्दै आएका रामको शब्लमा २० भन्दा बढी गित सार्वजनिक हुन बाँकी रहेका छन् ।