मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेन्चुरी बैंक मेल्लेख शाखाद्वारा ७६ विद्यार्थीलाई झोला वितरण

सेन्चुरी बैंक मेल्लेख शाखाद्वारा ७६ विद्यार्थीलाई झोला वितरण


अछाम । मेल्लेख गाँउपालिकामा रहेको शाखा सेन्चुरी कमर्सियल बैंकले गाँउपालिका अन्तर्गतका ३८ विद्यालयका ७६ जना विद्यार्थीलई झोला वितरण गरेको छ।

बैंकको संस्थागत समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला वितरण गरिएको सेन्चुरी बैंक शाखा प्रबन्धक ललित ताम्राकारले बताए।

मेल्लेख गाँउपालिकाका ६ वटै वडाबाट विद्यार्थीलाई छनोट गरि वितरण गरिएको प्रबन्धक ताम्राकारको भनाई छ। विद्यार्थीलाई सहयोग पुग्ने गरि उनीहरुको उच्च मनोबल बेद्धिका साथै शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने गरि कार्यक्रमको आयोजना गरि झोला वितरण गरिएको उनले जानकारी दिए।

बैंकले गरिब तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरेकोमा मेल्लेख गाँउपालिका अध्यक्ष लोक बहादुर बोहोराले बैंकलाई धन्यवाद व्क्त गरेका थिए। उनले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम ल्याउनु पर्ने भन्दै बैंक प्रति उच्च प्रसंसा सहित सम्मान व्यक्त गरेका छन्।