मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपोलियन बोनापार्टको प्रेरक भनाइहरु

नेपोलियन बोनापार्टको प्रेरक भनाइहरु


नेपोलियन बोनापार्टको जन्म सन् १७६९ मा भएको हो भने उनको मृत्यु सन् १८२१ मा भएको हो । उनलाई नेपोलियन प्रथम भनेर पनि चिन्ने गरिन्छ । नेपोलियन फ्रान्सेली सैनिक र सम्राट थिए । जसले १९ औ शदाब्दीको शुरुमा धेरै युरेपेली राज्यहरु जितेका थिय । कोर्सिका टापुमा जन्म लिएक नेपोलियन फ्रान्सेली सेनामा निकै थोरै समयमा ठुलो पदमा पुगेको थिए ।

फ्रान्समा आफुले राजनीतिक शक्ति हत्याए पछि १८०४ मा आफुलाई स्वघोषित सम्राट बनाएक थिए । चतुर र रचनापुर्वक उनले युद्ध लडेर युरोपेली रास्ट्रहरुको गठबन्धनलाइ टुक्राएर आफ्नो साम्राज्य विस्तार गरेका थिए । तथापी १८१२ मा रुसमा विनासकारी फ्रान्सेली आक्रमणपछि नेपोलियनले दुइ बर्षपछि सिंहासन छाडेर एल्बाको टापुमा बस्न थाले । सन् १८१५ मा फेरी उनि आफ्नो सत्तामा फर्किय । वाटरलुको युद्धमा पराजय भोगेपछि उनले फेरी आफ्नो सत्ता त्यागेर सेन्ट हेलेनको टापुमा बस्न थाले । जहाँ उनको ५१ बर्षको उमेरमा निधन भयो ।

नेपोलियन कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। उनका पुर्खाहरू इटालेली राज घरानाका थिए जो १६औं सताब्दीमा कोर्सिका आएर बसे। राम्रो शैक्षिक योग्यता प्राप्त गरेका उनी अध्ययनमा गहिरो रुचि राख्दथे। नेपोलियन कोर्सिकाली लवजमा उत्कृष्ट फ्रेन्च भाषा बोल्दथे। कट्टरपन्थी ज्याकब्लिन गुटका समर्थक उनको सैन्यकलाले तिब्र गतिमा ख्याति पाउन सफल भयो। उनले सन् १७९६ देखि १७९९ सम्म इटाली तथा इजिप्टमा चलाएको चर्चित सैन्य अभियानपश्चात उनी क्रान्तिको नेताको रूपमा उदाए।

आफ्नो जीवनकालमा धेरै युद्ध जितेका र अरु भन्दा चतुर मानिने सम्राट र योद्धाले केहि जीवन उपयोगी सुझाब दिएका छन् । आउनुहोस जानौ नेपोलियन बोनापार्टको केहि महत्वपूर्ण भनाइहरु ।

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।

३. असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।
४. अवसरविना क्षमता केही होइन ।

५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
६. कल्पनाले नै संसारमाथी सासन गर्दछ ।

७. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।
८. गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।

९. एकजनाले गर्न सक्ने सबै गर्नु मानव वन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु इश्वर बन्नु हो ।१०. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।