मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृ’त्यु

चितवनमा ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृ’त्यु


काठमाडौं – कोरोना संक्रमित चितवनका ५० वर्षीय पुरुषको पाटन अस्पतालको आईसीयूमा उपचारका क्रममा मृ’त्यु भएको छ। ६ दिनअघि कोरोना पुष्टि भएर आईसीयूमा उपचार गराइरहेका पुरुषको बिहीबार मृ’त्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको जानकारी दिए।

गेलालका अनुसार संक्रमितले पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। मिर्गौला प्रत्यारोपणपछि फलोअपका लागि भन्दै उनी ललितपुरको महालक्ष्मी नगरपालिका बस्दै आएका थिए।

यसअघि उनकाे भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरिएकाे थियाे। त्यसपछि नर्भिक अस्पतालमा उपचार गरिएकाे थियाे। 

नर्भिकमा रहेकै बेला कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल रिफर गरिएको थियो। – नेपाल समय