मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च’ट्याङ् लागेर ४ जनाको मृ’त्यु, एक जना घाइते

च’ट्याङ् लागेर ४ जनाको मृ’त्यु, एक जना घाइते


सप्तरी – बिहीबार बिहान चट्याङ लागेर चार जनाको मृ’त्यु भएको छ भने एक जना घाइते भएका छन्। वर्षासंगै परेको चट्याङले सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ।

घरमा पुजा लगाएर विहानै शप्तकोशी नदीमा नुहाउन गएका महादेव गाउँपालिका–२ का २७ वर्षीय युवक बेचन यादव र ६० वर्षीय वृद्ध छेदी ठाकुरको चट्याङ लागेर मृ’त्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, खेतमा बिहानै धान रोप्न गएकी डाक्नेश्वरी नगरपालिकाङ ९ की एक ३० वर्षीय महिला ललिता देवी यादव राजगढ गाउँपालिका– २ का ४६ वर्षीय केसी साह खातमा काम गर्न जाँदा चट्याङ लागेर मृ’त्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 

राजगढ–२ कै एक १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन्। उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जनाइएको छ।