मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम घ’टनामा वडाध्यक्ष सहित २३ जना पुर्पक्षका लागि थु’नामा

रुकुम घ’टनामा वडाध्यक्ष सहित २३ जना पुर्पक्षका लागि थु’नामा


काठमाडौं– रुकुम चौरजहारी ह’त्या का’ण्डका प्रतिवादीमध्ये वडाध्यक्ष सहित २३ जनालाई पुर्पक्षका लागि थु’नामा पठाइएको छ। जिल्ला अदालत रुकुमले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई थु’नामा राख्ने आदेश दिएको हो।

अदालतले ५४ रुकुम पश्चिम ३६ (२)  (परिवर्तित नाम) लाई भने एक लाख धरौटीमा छोड्न आदेश दिएको छ।

त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न आदेश दिएको छ।

अदालतले यसअघि १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा सुधार गृहमा पठाउन आदेश दिएको थियो।

१० जेठमा ६ जनाको ज्या’न जानेगरी भएको घ’टनामा ३४ जना विरु’द्ध ज्या’न मा’र्ने उद्योग, कतव्र्य ज्यान र छुवाछुत विरु’द्धको कसु’रमा अदालतमा मु’द्दा दा’यर भएको थियो। ३४ मध्ये ५ जना अझै फरार छन्। – नेपाल समय