मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना संक्रमण

कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना संक्रमण


झापा- कुवेतबाट फर्किएका झापाका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार झापाका १२ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये ७ जना कुवेतबाट केही दिनअघि फर्किएका ७ महिला थिए।

त्यस्तै भारतको आसामबाट फर्किएकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ।

मंगलबार संक्रमण पुष्टि भएका अन्य ४ पुरुष पनि भारतका विभिन्न ठाउँबाट केही दिनअघि मात्रै फर्किएका थिए।

कोरोना पुष्टि भएका सबै आफ्नो स्थानीय तहले बनाएका क्वारेन्टिनमा बस्दै आएका थिए। – नेपाल समय