मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा सबै जिल्लाका नागरिकमा कोरोना संक्रमण

प्रदेश १ मा सबै जिल्लाका नागरिकमा कोरोना संक्रमण


विराटनगर । प्रदेश १ मा समुदाय स्तरमा नदेखिए पनि सबै जिल्लाका नागरिकमा भने कोरोना संक्रमण देखिएको छ । यो प्रदेशमा एकमात्र जिल्ला ओखलढुंगाका कुनै पनि नागरिकमा कोरोनाको संक्रमण देखिएको थिएन ।

तर, पहिलोपटक एक व्यक्तिमा कोरोना देखिएपछि भने अब प्रदेश १ का सबै जिल्लाका नागरिक कोरोनाबाट संक्रमित बन्न पुगेका छन् । यो प्रदेशमा १४ जिल्ला छन् । 

पछिल्लो पीसीआर परीक्षण नतिजाअनुसार ओखलढुंगाको लिखु गाउँपालिकाका एकजना २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी त्यही गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार उनी भारतको गोरखपुरबाट फर्किएका थिए ।

गत जेठ ३० झापाको काँकडभिट्टा नाकाबाट उनी नेपालतर्फ प्रवेश गरेका थिए । उनमा कोरोनाको लक्षण छैन ।

उनलाई उपचारका लागि विराटनगरस्थित कोसी कोभिड १९ अस्पताल ल्याइने बताइएको छ । प्रदेश १ मा ४४८ जनामा कोरोना देखिएकोमा २३४ जना ठीक भई घर फर्किसकेका छन् ।