मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या ५०४ पुग्याे

गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या ५०४ पुग्याे


पोखरा- गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये बाग्लुङको गल्कोट नगरपालिकाका ४ पुरुष, ढोरपाटन नगरपालिकाका एक पुरुष, काठेखोला गाउँपालिकाका ३ पुरुष र बाग्लुङ नगरपालिकाका एक पुरुष छन्।

यस्तै म्याग्दीका ४ जनामा रघुगंगा गाउँपालिकाका दुई महिला र एक पुरुष, मंगला गाउँपालिकाका एक पुरुष छन्।

तनहुँको ऋषि गाउँपालिकाका एक पुरुष र पर्वतको कुश्मा नगरपालिकाका २ पुरुष संक्रमित भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।

उनका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संक्रमितको ५०४ जना पुगेको छ।