मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाग्मतीका क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा गरियो

वाग्मतीका क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा गरियो


वाग्मती प्रदेशमा कार्यरत ७०५ क्रियाशील पत्रकारको कोरोना बीमा गरिएको छ ।

प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड –१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारको बीमा गरिएको हो ।

कोरोना भाइरसको पिसिआर परीक्षणमा सङ्क्रमित भएको प्रमाणित भएमा बीमित पत्रकारले रु एक लाखको बीमा युनाइटेड इन्सुरेन्स कम्पनीबाट पाउने जनाइएको छ ।

कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बीमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरे। सो बीमाबाट पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न सहयोग पुग्ने विश्वास रजिष्ट्रार सापकोटोले व्यक्त गरे।

मन्त्रालयले एक हजार पत्रकारको बीमा गर्ने लक्ष्य राखेको छ । प्रदेशका १३ वटै जिल्लामा क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको रजिष्ट्रार सापकोटाले जानकारी दिए। – रासस