मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक देखियो हिमालपारी कोरोना संक्रमण

पहिलोपटक देखियो हिमालपारी कोरोना संक्रमण


मनाङ- हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एक जनामा कोरोना भाइरस संक्रमण भएको छ।

कपिलवस्तुको बाणगंगा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।

उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए। उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए।

जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ।-रासस