मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश फर्कनै पर्ने बाध्यतामा रहेका नेपालीलाई विमान चार्टर गरेर ल्याइदै

देश फर्कनै पर्ने बाध्यतामा रहेका नेपालीलाई विमान चार्टर गरेर ल्याइदै


काठमाडौं- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली ल्याउन विमानको उडान तालिका र भाडादर सार्वजनिक गरिएको छ। सरकारले विभिन्न देशमा रहेर नेपाल आउनैपर्ने बाध्यतामा रहेका नेपालीलाई विमान चार्टर गरेर ल्याउन लागेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ। नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन्।

दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन्। नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ।हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छ। चार्टर उडानका लागि दूरीअनुसार डलरमा भाडा निर्धारण गरिएको छ। मन्त्रालयका अनुसार विदेशी एयरलाइन्सले पनि उक्त भाडादरअनुसार नेपालीको उद्धार गर्नुपर्नेछ।

सबैभन्दा सस्ताे ढाकाबाट काठमाडाैं काे भाडादर १६५ अमेरिकी डलर छ भने सबैभन्दा महँगाे लन्डनबाट काठमाडाैंकाे भाडा १३४० डलर ताेकिएकाे छ। चार्टर गर्नुपर्ने भएकाले भाडादर बढी भएको सहसचिव लामिछानेले बताए।