मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँहरुको पनि गाउँ हो खोकैलेगैरा

गाउँहरुको पनि गाउँ हो खोकैलेगैरा


अछाम ।

अछामका धेरै गाउँहरु मध्य यो गाउँ अलि बिशिष्ट छ । मंगलसेन नगरपालिका वडा नंं. ७ मा पर्ने खोकैलेगैरा साविकको जनालीबण्डाली गाविसको सुदुर पूर्वमा रहेको सुन्दर गाउँ हो खोकैले गैरा ।
अहिले मंगलसैन नगरपालिका बाट झन दुरमा रहेको खोकैले गैरा शान्त र आनन्द छ । एकान्त बस्तीमा रुपमा रहेको खोकैले गैरामा थोरै मात्र परिवार बसोबास गर्छन ।

जंगल र घाटको बिच भागमा रहेको खोकैले गैरामा थ्यायत (खड्का) परिवार र केही बिक थरका परिवारको मात्र बस्ती छ । खोकैले गैराको तल तिर जनाली रवाका सुन्दर झरना माथि जाजकोट धुरेलाको लेख अवस्थित छ ।

मंगलसेन नगरपालिकाबाट टाढा रहेको भएपनि खोकैलेगैरा बाट केही मिनेटमा कमलबजार नगरपालिकाको सिमा क्षेत्रमा प्रवेश गर्न सकिन्छ । सिमानाले सुदुर भए पनि आफ्नो छुट्टै पहिचानका कारण खोकलेगैरा भावनाले अनि सम्भावनाले बिचमा नै छ ।

मिहिनेती मानिसहरुको थलो खोकैलेगैराको अरु भन्दा छुट्टै पहिचान कायम छ । पैदल हिड्दा ३० मिनेटमा औलका खेत र २५ मिनेटमा लेखका नारे, गोठ छाना पुग्न सकिने भएकोले मेरो बुझाइमा खोकलेगैरा बिशिस्ट गाउँ हो ।

गाउँको नाम संग गहिरो ठाँउले जोडिए पनि यहाँका मानिसहरुको सोच निकै फराकिलोका साथै उच्च छ । खोकलेगैराका मिहिनेती मानिसहरूको इमानदारीताको प्रभाव सबैतिर छ । खासगरी सामुहिक र सामुदायिक भावनाको विकास भएको सुन्दर खोकैलेगैरा गाउँको लेख अवल मात्र उर्वर छैन । यहाँका मिहिनेती मानिसहरू पनि उत्तर सृजनशीलता पनि पाइन्छ ।

जागीर, खेती किसानी, पशुपालन लगायतका पेशा ब्यावसायमा सफल खोकैलेगैरा बासिहरुको प्रभाव मलवार ( तराई ) प्रवास सम्म पनि छ । त्यसैले प्रयाप्त सम्भावना भएको गाउँहरुको गाउँ खोकलेगैरा लाई पशुपालन र कृषिका कार्यक्रम मार्फत मुलधारमा समावेश गर्न जरुरी छ ।

युवाहरूको नेतृत्वमा रहेको खोकैलेगैरामा पशुपालन र कृषि कार्यक्रमका लागि सम्भाव्यता अध्यनका लागि सरोकारवालाको ध्यानाकर्षण हुनुपर्छ ।

माथि उल्लेख गरिएका शब्दहरु नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाका हुन् ।