मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनमोहक खेतगैरामा रोपाईको रौनक (उत्कृष्ट तस्वीर सहित)

मनमोहक खेतगैरामा रोपाईको रौनक (उत्कृष्ट तस्वीर सहित)

सुदूर आज

अछाम ।

अछामको कुन्तीबण्डालीमा पर्ने खेतगैरा नामको मात्र होइन कामको पनि खेतगैरा हो । खेतीयोग्य जमिन भएको खेतगैरामा उर्वर माटोमा पौस्टिक अन्न उत्पादन हुन्छ ।

जनाली गाडको किनारमा रहेको खेतगैरालाई सिंचाइको लागि पनि सोही गाडको मद्दत छ । सुन्दर फाट भएको सो ठाउँ र सुन्दर भब्य छ । त्यहाँका मिहिनेती कृषकहरु निकै सभ्य छन । साविकको कुन्तीबण्डाली, जनालीबण्डाली र बिरपथका किसानहरुको कर्म भुमी हेर्दा रमणीय होइन उत्तिकै सुन्दर पनि छ ।

अछामी लोक सस्कृतिको पहरेदार खेतगैरा सडक संजालमा जोडिए पछि उत्कृष्ट पर्यटकीय गन्तब्य हुनेमा कुनै शंका छैन भनेर नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष एवंम नेपाली कांग्रेस अछामका सहसचिव तथा प्रवक्ता बेद प्रकाश तिमिल्सैनाले लेखेका छन् ।

साच्चै गाडको सुशेलीले शान्त अनि उर्वर जमिनले हराभरा खेतगैरामा ग्रामीण पर्यटनको प्रयाप्त सम्भावना छ । भबिस्यमा खेतगैरामा होमस्टे संचालन गरेर स्थानीयको जीवनस्थरमा सुधार ल्याउने गरि काम गर्न सकिने सम्भावना लाई नकार्न सकिदैन ।

जेठ असारको महिना खेतगैरामा रोपाईको रौनक पनि उत्तिकै छ । देशभर लकडाउन भएपिन खेतगैरामा रोपाईमा ब्यस्त छन् त्यस ठाँउका कृषकहरु ।

हेरौँ खेतगैरामा हुदै गरेका रोपाईका केही दृष्यहरु ।

फोटो : पत्रकार टेकबहादुर थापाको फेसबुकबाट साभार