मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरस्तरिय युवा संजाल साफेबगरद्धारा १८ महिने बालकको उपचारका लागि आर्थिक सहयोग

नगरस्तरिय युवा संजाल साफेबगरद्धारा १८ महिने बालकको उपचारका लागि आर्थिक सहयोग


अछाम ।

नगरस्तरिय युवा संजाल साफेबगरले १८ महिने बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौमा असथायी बसोबास गर्दै आउनु भएका एक मजदुर परिवारमा आर्थिक समस्याले झगडा हुदाँ बालक छोरालाई चोट लागेको थियो ।

लकडाउनले गर्दा मजदुरी गरी खाने दावा छिरी फुडोको परिवारमा आर्थिक समस्या भएको कुरा थाह पाएपछि नगरस्तरिय युवा संजाल साफेबगरले १० हजार आर्थिक सहयोग गरेको संजालका अध्यक्ष पुजा बुढाले बताईन ।

सोलुखुम्बु जिल्लामा घर भइ हाल अस्थायी रूपमा काठमाण्डौँमा बस्दै आएका उक्त परिवारको छोराको उपचारको सहयोगार्थ आर्थिक सहयोग गरिएको अध्यक्ष बुढाको भनाई छ ।

आपत्कालिन प्रतिक्रिया केन्द्र साँफेबगरको सहकार्य तथा साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा नगर युवा संजाले उक्त परिवारलाई सहयोग गरेको थियो ।

परिवारमा झगडा हुदाँ बुवाले आमा दावा छिरी फुडोलाई हानेको चोट १८ महिले छोराको टाउकोमा लागेपछि गम्भीर घाईते भएका बताईएको छ ।

बालकमा सेतो रगत नबने, टाउकोमा रगत बगिरहने र क्यान्सर हुने समस्या देखिएकाले छिटो शल्यक्रिया गर्न आवश्इक रहेको अस्पताल श्रोतले जनाएको छ । बालकलाई अहिले टिचिगं अस्पतालमा उपचारका लागि राखिएको छ ।