मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसान लुम्बिनी – फोटो फिचर

सुनसान लुम्बिनी – फोटो फिचर


लुम्बिनी –

कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहँदा २५ सय ६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र विश्व शान्तिको कामना गरी मनाइएको छ ।

बिहीबार लुम्बिनीभित्र रहेका स्वदेशी तथा विदेशी बिहारका सीमित भिक्षुहरु, लुम्बिनी विकास कोषका केही पदाधिकारीको उपस्थितिमा सामान्य रुपमा एक घन्टाभित्रै बुद्ध जयन्तीको कार्यक्रम गरिएको हो ।

सो क्रममा कुनै पनि महामारीबाट मुक्ति पाउन गरिने रतनसूत्र पाठ बाचन भएको थियो । मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ अगाडि भिक्षुहरु मुखमा मास्क र केहीले हातमा पन्जा लगाएर तोकिएको स्थानमा बसेका थिए ।

लुम्बिनीमा बुद्ध जयन्ती मनाउन सुरु गरेयता पहिलो पटक यसरी सामान्य रुपमा सीमित र तोकिएका व्यक्तिमात्रै सहभागी भई बुद्ध जयन्ती मनाइएको हो। – नेपाल समय