मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमा सुरक्षामा खटिएका नेपाली प्रहरीमाथि भारतीय समुहबाट आक्रमण, जंगे पिलरमा चल्यो गोली

सीमा सुरक्षामा खटिएका नेपाली प्रहरीमाथि भारतीय समुहबाट आक्रमण, जंगे पिलरमा चल्यो गोली


झापा– सीमा सुरक्षामा खटिएका नेपाली प्रहरीमाथि भारतीय समुहले आक्रमण गरेपछि सीमा क्षेत्रमा गोली चलेको छ ।

झापा जिल्लाको झापा गाउँपालिका वडा नम्वर ४ सँगै रहेको जंगे पिलर १३१ नम्वर क्षेत्रमा रहेको सुरक्षा प्रहरी पोस्टमा भारतीय समुहले आक्रमण गरेपछि हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार सोमबार दुई जना भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

सीमामा आहोर दोहोर गर्न नदिएपछि ती फर्काइएका दुई ब्यक्तिले ४०/५० जनाको समुह बनाएर साँझ आक्रमणको प्रयास गरेका थिए । सीमामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भएपछि हवाइ फायर गरिएको एपी कोइरालाले बताए ।

भारतीय युवाहरुले जवरवस्ति गर्न खोजेपछि प्रहरीले गोली चलाएको झापा गाउँपालिका– का स्थानीयले बताए । प्रहरीले हवाइ फायर गरेपछि युवाहरुको समुह तितरवितर भएको थियो ।

घटनापछि झापामा भारतसँग सिमा जोडिएका क्षेत्रमा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सीमा सिल गरेपनि लुकिछिपी नेपाल भारत ओहोर दोहोर गर्नेहरुको संख्या बढेपछि अहिले प्रत्येक एक किलोमिटरमा अस्थायी सुरक्षा पोस्ट् राखेर निगरानी बढाइएको नेपाल समयमा खबर छ ।