मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

र्‍यापिड टेष्टमा सर्लाहीका एक बालकमा देखियो कोरोना

र्‍यापिड टेष्टमा सर्लाहीका एक बालकमा देखियो कोरोना

सुदूर आज

सर्लाहीमा र्‍यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जना १४ वर्षीय बालकमा र्यापीड टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीले बताएका हुन्।

प्रजिअ जिसीका अनुसार उनीसँगै क्वारेन्टाईनमा रहेका अर्का एकजनामा भने कोरोना संक्रमण निगेटिभ देखिएको छ।

कोरोना पोजेटिभ देखिएका ती बालकलाई राति नै जनकपुरधाम पठाइएको जिसीले बताए।

यता आफुहरुले जानकारी पाए लगत्तै राति नै चेक जाँचका लागि सम्पूर्ण तयारी पूरा गरी बालकलाई प्रादेशिक अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरेको जानकारी प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जामुन सिंहले दिएका छन्।

उनको चेकजाँच भएपछि मात्रै थप केही भन्न मिल्ने डा. सिंहले बताए।

कोरोना पोजेटिभ देखिएका ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए। – setopati.com